भक्तपुर अधोगिक मेलाको तयारी अन्तिम चरणमा, चैत २१ गतेबाट शुरु हुने

Advertisement

भक्तपुर । नयाँ वर्षको अवसरमा ३० लाखको लगानीमा हुन गईरहेको भक्तुर औद्योगिक मेलाको उद्धाटन भोली बिहीबार हुनेभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको हो ।

भक्तपुर नगरपालिकाको स्विकृतीमा सानो व्यापारीहरुको संस्थाले आयोजना गर्न यईरहेको उक्त मेलाका आयोजक सन्दीप महतले जानकारी दिए । मेलाको ९५ प्रतिशत काम सकिएको उनले बताए । उनका अनुसार मेलामा नेपाल, बांगलादेश र भारतकासमेत कक्ष राखेर मेलालाई भव्य र सब्य बनाईनेछ । उक्त मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लालगायतका मानिसहरुले अवलोकन गर्ने जानकारी दिए ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सञ्चालन गरिने मेलामा २०० भन्दा बढी कक्ष रहनेछ । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहनेछ । मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

आयोजना हुन गईरहेको उक्त मेलामा मेला संयोजक दीपक थापाले राष्ट्रिय स्तरको नाँच प्रर्दशनी गरिनुका साथै रोटेपिङ, कोलम्बसलगायत गरेर १७ प्रकारका खेलकुदका सामाग्रि तथा यस वर्ष मेलामा खुला भलिबल प्रतियोगितासमेत सञ्चालन गरिने बताए ।

संयोजक थापाले मेला आगामी चैत २१ गतेदेखि वैशाख २ गतेसम्म हुने जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पुर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा मेला आयोजना गर्न लागेको उनले बताए ।

निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । मेलामा अवलोकन गर्न आउने अवलोकनकर्तालाई विद्यार्थी, शारिरीक अपाङ्गता भएकालाई प्रवेश शुल्क ३० रुपियाँ तथा साधारण व्यक्तिहरुलाई ५० रुपियाँ शुल्क लाग्ने आयोजक महतले जानकारी दिए । करीब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा १० करोड रुपियाँदेखि १२ करोड रुपियाँको कारोवार हुने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement