सानिमा बैंकको नयाँ शाखा पुतलीसडकमा

Advertisement

काठमाडौँ  । सानिमा बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा कार्यालयको औपचारी उद्घाटन गरीे बैंकिङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरे ।

कार्यक्रममा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतलीसडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

हालसम्म बैंकले ७८ वटा शाखा संजाल तथा ७२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement