युनियन हाइड्रोको आइपीओ २७ लाख ६९ हजार कित्ता बिक्यो

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावरको आइपीओमा हालसम्म २७ लाख ६९ हजार कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार बुधबार तीन बजेसम्ममा ३४ हजार ५४२ जनाले २७ करोड ६९ लाख रुपियाँ बराबरको सेयर भरेका हुन् ।

युनियनले आइपीओ भर्ने समय छिटोमा आइतबार (चैत १७ गते) सम्म तोके पनि माग अनुसार आवेदन नपरेपछि म्याद लम्बिएर ढिलोमा बैशाख १२ गतेसम्म भर्न पाईने छ । तर, उक्त समय भन्दा अघि नै माग अनुसार आवेदन परेमा पूर्व सूचना दिएर बिक्री बन्द गरिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपियाँ दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म भर्न पाइनेछ ।

युनियनले प्रतिकित्ता १०० रुपियाँ दरमा कुल ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये कर्मचारीलाई २५ अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको हो । युनियनको जारी पुँजी ७५ करोड रुपियाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।

यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपियाँ छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपियाँ रहेको छ । कम्पनीले ३ मेगावटको परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष छ ।

Advertisement

Advertisement

Advertisement