राष्ट्र बैंक भन्छ– फोहोरी हातले नोट नसमाउ

Advertisement

काठमाडौं । नोटमा केर्ने, च्यात्ने, कुच्याएर राख्ने, फोहोर गर्ने जस्ता प्रवृत्ति बढेपछि नेपाल राष्ट्र बैंकले त्यस्तो नगर्न सबैलाई पटक पटक आग्रह गर्दै आएको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै नोट कसरी राख्ने र कसरी राख्न नहुने उपाय पनि सिकाएको छ ।

उसले नोट जतन गर्न आग्रह गर्दै आवश्यकताभन्दा बढि रकम बैंकमा जम्मा गर्नेगर्न, जमिनमा नगाड्न, घरको कुनाकाप्चामा नलुकाउन आग्रह गरेको छ । यस्तो बानीले नोट चाँडै च्यात्तिने र पुनःप्रयोगमा ल्याउन समस्या आउने गरेकाले राष्ट्र बैंकले नोट प्रयोगको बानी सुधार्न आग्रह गरेको हो ।

नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, पानीलगायतबाट जोगाउन, कच्याककुचुक नपार्न, मैलो हातले नछुन, बैंक चेक, एटीएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।

राष्ट्र बैंक

Advertisement

Advertisement

Advertisement