ग्लोबल आइएमईको एकै दिन थप ५ शाखारहित बैंकिङ् सेवा संचालनमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका–३, इरिवाङ्गमा १२२औँ शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी रोल्पा कै थवाङ्ग गाउँपालिका–२, ठुलोगाँउमा १२३औँ शाखा सञ्चालन गरी सेवा सुचारु गरेको छ ।

त्यस्तै, ईलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडामा १२५औँ र पाँचथर जिल्लाको हिलिगाउँ गाउँपालिका –२, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ् सेवाको शुरुवात गरेको बैंकले जनाएको छ । पाँचै वटाशाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

शाखारहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ् सेवा लिन सक्ने विज्ञप्तीमा जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement