गरिवी निर्मुल पार्न ठोस काम गछौं, नेपाललाई अनपढ नभएको देश बनाउँछौंः ओली

Advertisement

काठमाडौं । सरकारले १५ औं आवधिक योजनाको अन्त्यसम्म गरिबी गरिवीको रेखामुनी रहेकाहरुको संख्या १३ प्रतिशतमा झार्ने लक्ष्य तयार गरेको छ । राष्ट्रिय विकास परिषदको बैठकमा राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको लक्ष्यअनुसार आर्थिक बर्ष २०८०÷८१ सम्म गरिवी १३ प्रतिशतमा सीमित गरिने छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा ओलीले मुलुकमा आर्थिक विकासको बाताबरण बन्दै गएको भन्दै आगामी दिनमा गरिवी निवारणका लागि ठोस काम हुने बताए । उनले भने, ‘मुलुकभित्रै रोजगारी सिर्जना गरेर रोजगारीका लागि अन्य देशमा जान नपर्ने वातावरण सिर्जना गरिनेछ । नयाँ उद्योगहरू स्थापना हुनेछन्। ठूला ठूला पूवाधार विकासका कामअघि अघि बढ्ने छन् ।’

उनले १५औं योजनासम्म १५ वर्षमाथिको साक्षरता दर ९० प्रतिशत पुग्ने, कुनै पनि बालबालिका विद्यालय बाहिर रहने अवस्था अन्त्य गरी नेपाल अनपढ नभएको देश बनाउने योजना रहेको बताए । हामी मानव जातिको सुरक्षित भविष्य चाहन्छौं भन्दै ओलीले विकासको नाममा पृथ्वीको भविष्य नमासिने गरी मानव जातिको विकास गरिने बताए ।

१५ औं योजनाको आधारपत्रमा नेपालको आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने, औद्योगिक विकास तीब्ररुपमा हुने, रोजगारीका प्रशस्त अवसर सिर्जना हुने, प्रतिव्यक्ति आय गत आवको १ हजार एक सय अमेरिकी डलरबाट बढेर एक हजार ६ सय डलर पूग्ने अनुमान गरिएको छ ।

१४औ योजनको सुभारम्भमा नेपालमा गरिवीको रेखामुनि २१.६ प्रतिशत जनसंख्या रहेकोमा गएको आर्थिक वर्षको अन्त्यमा त्यो झरेर १८.७ प्रतिशतमा आएको छ ।

Advertisement

Advertisement

Advertisement