राजसंस्था पुनस्थापित गराईछाड्ने मिशनमा पूर्वराजा, मिशन अहिले पूर्वी तराईमा

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासंग पुनः भेट सुरु गरेका छन् । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पूर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासँग भेट गरे ।

पूवराजा इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।

भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पूर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए– स्रोतले भन्यो ।

उनले करिब ४० जना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए ।

गत माघ २३ गते झापा पुगेका ज्ञानेन्द्र आमा रत्न विरामी भएपछि चार दिनको लागि काठमाडौं आएका थिए । आमाको स्वाथ्यमा केही सुधार भएपछि पुनः झापा पुगेका पूर्वराजाले केही दिनपछि पूर्वको इलाम, पाँचथर, फिदिम लगायतका जिल्ला भ्रमण गरेका थिए ।

उनले आज बिहीबार इलाम बजारको माइमन्दीर दर्शन गरेपछि धुलावारीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भोलि शुक्रबार दमक पुगेपछि त्यहाँ राजावादी र राप्रपाका विभिन्न तहका नेतासँग भेट्ने कार्यक्रम रहेको छ ।

करिब तीन साता लामो पूर्वाञ्चल बसाइका क्रममा धार्मिक भ्रमणका क्रममा केहीलाई भेटे पनि औपचारिक रुपमा राजनीतिक भेट नगरेका पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं फर्कनै लाग्दा यो भेटको कार्यक्रम तय गरेका हुन् ।

उनले दुई महिनादेखि नै पूर्व र तराई मिसनमा छन् । यसअघि माघ १३ गते सिमरा पुगेका ज्ञानेन्द्र माघ २३ गते झापा पुगेका थिए । झापाबाटै उनी उदयपुर, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्ला भ्रमणमा निस्किएका थिए ।

धनुषास्थित जानकी मन्दीर र तराईका विभिन्न मठ मन्दीर दर्शनको क्रममा उनले आफू तराई भ्रमणमा नभइ देशकै भ्रमणको आइपुगेको बताएका थिए ।

यो वर्ष अधिकाँश समय विभिन्न जिल्ला भ्रमणमा निस्किएका ज्ञानेन्द्रले अधिकाँश समयमा भएको भेटघाटमा हिन्दुराज्य र राजतन्त्रको पक्षमा लाग्न सल्लाह दिँदै आएका थिए । स्थानीय राप्रपा र शिव सेना नेपालले भ्रमण व्यवस्थापन गरेको थियो । धार्मिक भ्रमणको संयोजन शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गर्दै आएका छन् । सबै भ्रमणमा बस्नेत अग्रपंतिमा देखिन्छन् ।

तराई र पुर्वको भ्रमण सकेर उनी यही चैत्र २८ गते काठमाडौ फर्कने उनको सचिवालयले जनाएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement