भार्गव विकास बैंकको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Advertisement

काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत २१ गते बिहीबार अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि चैत २२ शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै लाभांश पाउनेछन् ।

हाल चुक्ता पूँजी ५० करोड १६ लाख रुपियाँ रहेको बैंकले साधारण सभाले अनुमोदन गरेपश्चात तीन करोड ९६ हजार रुपियाँ नगद लाभांश बाँड्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड पुर्याइसकेको यस विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद मात्र बाँड्ने भएको हो ।

पुस २० गते बेलुका ६ बसेको बैंक सञ्चालक समितिको १८९ औं बैठकले गत आर्थिक वर्ष २०७४।७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकले चैत ३० गते सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानु परेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नुका साथैआर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ।

Advertisement

Advertisement

Advertisement