त्रिशुली जलविद्युतको सेयर रजिष्ट्रारको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने

काठमाडौं  । त्रिशुली जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारको काम ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।

अब त्रिशुली जलविद्युतको सेयरसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सबै काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

यसअघि त्रिशुलीको आइपीओमा पनि ग्लोबल आइएमई क्यापिटलले नै बिक्री प्रबन्धकको काम गरेको थियो । त्रिशुलीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत गत चैत ७ देखि ११ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो ।