सेञ्चुरी बैंकको साधारणसभा वैशाख १२ गते हुने

Advertisement

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको आठौँ वार्षिक साधारणसभा आगामी  वैशाख १२ गते गर्ने भएको छ । सभामा बैंकले चार दशमलव पाँच प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ  ।

वार्षिक साधारणसभाका लागि बैंकले चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत २८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउने छन् ।

बैंकको हालको चुक्ता पूँजी आठ अर्ब २५ करोड रुपियाँ छ । दुई प्रतिशत नगद लाभांश वितरण भएमा बैंकको चुक्ता पूँजी आठ अर्ब ४१ करोड रुपियाँ पुग्ने छ ।

 

Advertisement

Advertisement

Advertisement