त्रिअवि कार्यालयले वाइडबढी रोकेर २७१ यात्रुलाई अलपत्र पार्यो

Advertisement

काठमाडौं । उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजलाई उड्न नदिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले २७१ जना यात्रुलाई बिचल्ली पारेको छ । मंगलबार राति यूएई जान लागेको सो जहाजलाई मर्मतको समय सुरु भइसकेको भन्दै ३–४ मिनेटको समय पनि नदिएर यात्रुहरु बिचल्ली बनाउने काम गरिएको हो ।

सबै चेकजाँच भएर उड्ने तयारी भइसकेपछि मर्मतको समय सुरु भइसकेको भन्दै राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजलाई उडन् रोकिएको थियो । यसले निगमलाई भएको करोडडौंको नोक्सानभन्दा पनि यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

मर्मतका लागि भन्दै कार्यालयले राति १० देखि बिहान ८ बजेसम्म सबै उडान बन्द गरेको छ । पाइलटले ३–४ मिनेट मात्रै दिन पटक पटक आग्रह गर्दा पनि कार्यालयका कर्मचारीहरु नमान्दा यात्रुहरुले जहाजभित्रै रात काटेका थिए । उनीहरुलाई होटलमा लगेर राख्न खोजिए पनि यात्रुहरुले नमानेपछि जहाजभित्रै खानपिनको व्यवस्था गरिएको स्रोतको भनाई छ ।

१० बजेपछि एयरपोर्ट बन्द हुने भएकाले हतार हतार गरी उड्न तयारी भएको बेला ड्रागन एयरको जहाज उडेको र सोही क्रममा १० बजेपछि ३–४ मिनेटको समय माग गरिएको थियो । तर, कार्यालयका कर्मचारीहरुले त्यति कन्सिडर नगर्दा निगम कर्मचारी र यात्रुले दुप्ख पाएका थिए ।

कार्यालयले भने विमानस्थल मर्मतका लागि बन्द भएको कुनै पनि समयमा उडान अनुमति दिन अन्तर्राष्ट्रिय कानुनले नै नमिल्ने तर्क गरेको छ । यस विषयमा छानविन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानविन समिति बनाइएको छ । समितिले पाँच दिनभित्र रिपोर्ट दिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement