जम्बो टोली लिएर महरा भोलि कतार जाने

Advertisement

काठमाडौं । सभामुख कृष्णबहादुर महराको नेतृत्वमा जम्बो टोली कतार जाने भएको छ । दोहामा शुक्रबारदेखि हुन लागेको इन्टर पार्लियामेन्टरी युनियनको चार दिने बैठकमा भाग लिन महरा नौ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार कतार जान लागेका हुन् ।

उनको टोलीमा साँसदहरु शान्ता चौधरी, पुष्पा भुषाल, हरिचरण शिवाकोटी, विमल श्रीवास्तव, लक्ष्मणलाल कर्ण, संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधिसभा सचिव गोपीनाथ योगी र अन्य सहयोगीहरु छन् ।

Advertisement

Advertisement

Advertisement