एसईई प्रश्नपत्र 'आउट' गर्ने प्रहरी रहेको खुलासा, छ जना प्रहरी पक्राउ

Advertisement

सप्तरी । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रदेश २ को प्रश्नपत्र सार्वजनिक (आउट) गर्ने काम प्रहरीबाटै भएको तथ्य फेला पारेको छ । दुई साता लामो अनुसन्धानपछि प्रश्नपत्र सार्वजनिक गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

ब्यूरोको टोलीले प्रदेश–२ मा विज्ञान र सामाजिक शिक्षाको प्रश्नपत्र सार्वजनिक गर्नेहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो । प्रश्नपत्र आउट गर्नेमा प्रहरी जवान ब्रम्हदेव सुनरैत यादव, दीपेन्द्रकुमार मण्डलसहित ६ जना छन् ।

एसईई परीक्षा दिइरहेका राजविराज–१० का विष्णुदेवका भाई ब्रम्हदेवले आफ्नो दाईका लागि प्रश्नपत्र आउट गराएको खुलेको छ । ब्रम्हदेवलाई कञ्चनरुप नगरपालिका ६ घर भएका अर्का प्रहरी दीपेन्द्र मण्डलले साथ दिएका थिए । ब्रम्हदेवले दाइ विष्णुदेवलाई प्रश्न दिएपछि बिष्णुले राजविराज नगरपालिका–१६ का मनोज यादव, मनोजले हनुमान नगरपालिका–१ का सालो नाता पर्ने राजेश यादव, राजेशले आफ्नो नजिकको साथी सोही वाडका उमेश यादवलाई दिएको र उमेशले पैसा लिँदै प्रश्नपत्र बिक्री गर्न थालेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement