हावाहुरी पीडितको घर सेनाले बनाइदिने

Advertisement

काठमाडौं । बारा र पर्सामा विनाशकारी हावाहुरीले भत्काएका घर बनाउने जिम्मा सरकारले सेनालाई दिएको छ । घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

बिहीबार बसेको बैठकले हावाहुरीले भत्काएको घर सरकारले बनाउने निर्णय गर्दै जनता आवास कार्यक्रमको डिजाइनअनुसार सेनाले भत्किएका घर निर्माण गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी गराएका छन् ।

बास्कोटाले ट्वीटमार्फत हावाहुरी पीडितको घर बर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नेगरी नेपाली सेनालार्इ जिम्मेवारी दिइएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement