दीपप्रकाशको नेतृत्वमा बीमक संघको नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल बीमक संघको बिहीबार सम्पन्न विशेष साधारणसभाले दीपप्रकाश पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जीवन बीमा कम्पनीहरु विभाजित भएपछि निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुले विशेष साधारणसभा गरेर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएका हुन् ।

पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । यस्तै संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान, सचिवमा सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्री, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएका छन् ।

दुई दशकदेखि एक रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरु औपचारिकरुपमा विभाजित भएर फरक फरक संगठन बनाउनतर्फ लागेका छन् । जीवन बीमा कम्पनीहरु पनि अर्को संगठन बनाउने तयारीमा छन् । कुल ४० वटा बीमा कम्पनी रहेकोमा निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ ।

Advertisement

Advertisement

Advertisement