नेपाल–भारत सिमाका भन्सारमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

Advertisement

काठमाडौँ । नेपाल भारत सीमानाका अतिरिक्त भन्सारमा पनि प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने भएको छ।

पाँचवटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु सञ्चालन गर्नका लागि बैंकले  बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन्।

रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि काउण्टरहरु सञ्चालनमा ल्याउनेछ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुन जाने विश्वास लिइएको छ ।

नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोबार सुरु गरिरहेको थियो ।

बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन्। साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास
लिएको छ ।

Advertisement

Advertisement

Advertisement