भरतपुरमा एकै परिवारका तीन जनाको सामुहिक आत्महत्या, घटनाबारे थप अनुसन्धान जारी

Advertisement

चितवन । भरतपुरस्थित शशिनगरमा एकै परिवारका तीन जनाले सामुहिक आत्महत्या गरेका छन् । एकै पारिवारका आमा, छोरा र छोरीले शलको पासो लगाएर आत्महत्या गरेका हुन्। आत्महत्या भनिए पनि घटनाको प्रहरी अनुसन्धान भने बाँकी छ ।

फलाम डण्डीमा झुण्डिएर ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता र १३ वर्षका छोरा विवेशले पासो लगाएको अवस्थामा भेटिएको छ । मृतकहरुको पोष्टमार्टम गर्ने काम भइरहेको जनाउँदै चितवन प्रहरीले पोष्टमार्टमपछि थप अनुसन्धान हुने जनाएको छ । उनीहरुको शब अहिले भरतपुर अस्पतालमा लगिएको छ ।

प्रहरीको अनुसार आलेमगर पारिवारले राति करिव १ बजेको समयमा आत्महत्या गरेको देखिन्छ । चिया पसल गर्दै आएकी मायाले पसल बिहान पसल नखोलेपछि स्थानीयले घरमा हेर्दा उनीहरुको झुण्डिएको अवस्थामा भेटिएको र प्रहरीलाई खबर गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement