‘मन्त्रीज्यू, खेतीयोग्य जमिन प्लटिङ गर्दै गए कृषिको होइन, जग्गा कारोबारीको विकास हुन्छ’

Advertisement

भक्तपुर । पछिल्लो समयमा पछिल्लो समयमा चाँडै नाफा कमाउन खेती योग्य जग्गा खण्डिकरण र प्लटिङ गर्दै बेच्ने प्रवृत्ति बढेकोप्रति किसानहरु चिन्तित हुन थालेका छन् ।

भक्तपुरमा आयोजित कृषि मेला एवं प्रदर्शनीको समापनमा किसानहरुले तरकारी तथा फलफुलको बढ्दो आयात रोक्न व्यवसायिक कृषि खेती जरुरी रहे पनि जथाभावी जग्गा खण्डिकरण र प्लटिङ गर्ने कुरा नरोकिए त्यो संभव नहुने बताए । उनीहरुले आफ्नो कुरा कार्यक्रममा सहभागी भएका प्रदेश ३ का कृषिमन्त्री दावा दोर्जेसमक्ष राख्दै व्यवसायिक कृषि खेतीका लागि खेतीयोग्य जमिनहरु नष्ट गर्ने कुरा रोक्न र किसानहरुलाई प्रोत्साहनमूलक नीति बनाउन आग्रह गरे ।

किसानहरुले आफूहरुले उत्पादन गरेका तरकारीहरु सहज तरिकाले बजारसम्म पुर्याएर बेच्न बेचौलियाहरु निरुत्साहित गर्ने र ठाउँ ठाउँमा बजारको व्यवस्थासमेत गर्न आग्रह गरे । दुःख गरेर उत्पादन गरेका तरकारीहरु सिजनमा उचित मूल्यमा बेच्न नपाउँदा कुहिएर जाने, सडकमा फाल्नुपर्ने र ठूलो नोक्सान भोग्नुपर्ने अवस्था रहेको उनीहरुले गुनासो गरे ।

जिल्ला कृषि सहकारी संघ भक्तपुरले आयोजना गरेको कृषि मेला कृषि पेशालाई व्यवसायिक बनाउन र किसानहरुको समस्या पहिचान गरी सरकारसमक्ष पुर्याउन आयोजना गरिएको जनाइएको छ । मन्त्री लामाले भने किसानहरुको लागि भक्तपुरमा ठूलो कोल्डस्टोर बनाउन प्रदेश सरकार तयार रहेको बताउँदै त्यसका लागि योजना ल्याउन सुझाव दिए ।

कृषिको व्यवसायिक विकासका लागि प्रदेश सरकारले पनि काम गरिरहेको भन्दै बढि उत्पादन र लागत न्यूनीकरणका लागि किसानहरुले सहकारीमार्फत व्यवसायिक खेती गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिश लागेजूलगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement