साताको पहिलो दिनमै सुनको मूल्यमा वृद्धि, तोलामा तीन सय महंगियो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ५९ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले बढेर ५९ हजार आठ सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार दुई सय ७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार १५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement