हिमालय ऊर्जाको आइपीओ भर्न एक दिन बाँकी

Advertisement

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ भर्ने भोलि (सोमबार) अन्तिम दिन रहेको छ।  कम्पनीले यहि चैत्र २० गतेदेखि २५ गतेसम्मका लागि कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

यो आइपीओमा प्रतिकित्ता सय रुपियाँका दरले न्युनतम पचास कित्तादेखि अधिकता छ हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आइपीओ अहिलेसम्म ४० हजार भन्दा बढी आवेदकले करिब तीस करोड रुपियाँ बराबरको आवेदन दिएको  बिक्री प्रबन्धक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङकले जनाएको छ ।

कम्पनीको कुल आइपीओ मध्य ४४ हजार पाँच सय पचास कित्ता सेयर कर्मचारीलाई र ७४ हजार दुई सय पचास कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने  बाँकी १३ लाख ६६ हजार दुई सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक–वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको हो ।

Advertisement

Advertisement

Advertisement