नयाँ सिमेन्ट रिद्धिसिद्ध भन्छ– रोबोट प्रयोग गरेर गुणस्तर मापन गर्ने हामी पहिलो हौं

riddhi-siddhi

काठमाडौं । बजारमा आएको नयाँ ब्राण्डको सिमेन्ट ‘रिद्धिसिद्धि’ आइतबार औपचारिकरुपमा अनाबरण गरिएको छ । शंकर ग्रुप र अम्बे ग्रुपको १० अर्बको लगानीमा हैटौंडामा स्थापना गरिएको यस उद्योगले लेजर सिल प्याकेजिङ (बोरा) पनि सार्वजनिक गर्यो ।

कम्पनीले पहिलो पटक रोबोटमार्फत गुणस्तर परीक्षण गर्ने प्रविधिको प्रयोग गरिएको जनाइएको यस उद्योगले यो प्रविधि विश्वकै उत्कृष्ट प्रविधि भएको र यसले गुणस्तरमा एकरुपमा ल्याउन सहयोग गर्ने कम्पनीका एक सञ्चालक आनन्द नेपालको भनाई छ ।

united

उनले लेजर सिल प्याकेजिङमा आउने भएकाले लामो समयसम्म सिमेन्ट ताजा हुने (ओसिन नपाउने) बताउँदै यो उद्योग भर्टिकल रोलर मिल (भीआरएम) र सेन्ट्रल कन्ट्रोल रुम प्रविधिमा आधारित भएकाले बाताबरणमैत्री पनि भएको बताए ।

कम्पनीका अध्यक्ष हरि न्यौपानेले रोबोटिक प्रविधिको रिद्धिसिद्धि नेपालमा पहिलो भएको बताउँदै गुणस्तरीय सिमेन्ट भएकाले यसको बिक्री राम्रो हुने आफूहरुको विश्वास रहेको बताए । २०७३ सालमा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले हेटौंडा र चितवनको चुनढुँगा खानी प्रयोग गर्ने जनाएको छ । उद्योगले आफ्नो दैनिक उत्पादन तीन हजार टन पुर्याउने पनि बताएको छ ।