भन्सार जाँचपास गराइदिने भन्दै  ५२ हजार घुस लिने सुब्बाविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित समातिएका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत अख्तियारले आइतवार मुद्दा दायर गरेको हो । चन्दले भन्सार कार्यालयबाट आयात हुने सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँचपास गराइदिने भन्दै व्यापारीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement