एसियन लाइफको ६० प्रतिशत हकप्रद सेयर आजबाट खुल्यो

Advertisement

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद सेयर आज सोमबारदेखि खुला भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद खुला गरेको हो ।

एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ । एसियन लाइफको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद भर्ने अन्तिम म्याद वैशाख २९ गते तोकिएको छ । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्ने अपेक्षा कम्पनीको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एसियनले २ करोड ८९ लाख २७ हजार रुपियाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४ रुपियाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपियाँ ९६ पैसा छ ।

Advertisement

Advertisement

Advertisement