हुवावेको पी३० सिरिज स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य

Advertisement

काठमाडौं।  हुवावेको पी३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । एक भव्य समारोहकाबीच हुवावेको पी ३० सिरिजका स्मार्टफोनहरू पी३०, पी३० प्रो र पी ३० लाईट सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा हुवावे पी३०, ह्वावे पी३० प्रो र ह्वावे पी३० लाईट स्मार्टफोनको ब्रिक्री चैत्र २९ बाट सुरू हुने छ। हुवावे पी३० प्रो को मूल्य एक लाख १९ हजार नौं सय रुपियाँ तोकिएको छ भने पी३० को मूल्य ८४ हजार नौं सय रुपियाँ तोकिएको छ। त्यस्तैे पी३० लाईट को मूल्य ३९ हजार नौं सय ९० रुपियाँ पर्ने कम्पनीले जनाएको छ । अग्रिम बुकिङ भने चैत्र २७ बुधबार सम्म गर्न सकिनेछ ।

पी३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।

पी३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।

यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र हुवावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै हुवावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।

डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको हुवावे पी३० प्रो मा नया लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

आरवाईवाईबी हुवावे सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ । यसमा ग्रीन पिक्सलको स्थानमा पहेँलो पिक्सल रहेको ५ भने ह्वावे पी३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०,९६,०० र ह्वावे पी ३० ले २०,४८,०० पाएको छ ।

हुवावेको एआईएस, ओआइएस र ह्वावेको पी ३० प्रो को एफ १.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अनुभव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्वीरहरू खिच्ने कम्पनीले जनाएको छ ।

हुवावेले हुवावे वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, ह्वावे फ्रिलेस वायसलेस इयसफोन, ह्वावे एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको छ । नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ ।

हुवावे टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ । हुवावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा संचालन गरी एकै चोटि खिचिएका तस्वीरहरुलाई राम्रो बनाउँछ ।

हुवावेको पी ३० सिरिजमा भएको स्मार्टफोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले कम प्रकाशमा पनि रातमा खिचिएका तस्वीरहरू उज्यालो र एकदम प्रष्ट आउँछ र यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको छ ।

हुवावेको डुअल भ्यू भिडियोले भिडियोले एउटै सिन वा मानिसको दुई वटा पर्सपेक्टिभ सटहरु खिच्न सघाउँछ । हुवावेको एआईएस र ओआइएसले सबै भिडियो क्याप्चर सेटिङहरूका लागि भिडियो स्टेबलाइजेसजनलाई सपोर्ट गरी परफेक्ट सट दिन्छ ।

यसका साथै सुपरजुम लेन्सले सटिक क्लोजअप तस्वीरहरू खिच्न मद्दत गर्छ भने एआई भिडियो एडिटरले स्पेशल इभेक्टहरू र ब्याकग्राउन्ड म्युजिक प्रदान गरी ह्वावे पी ३० सिरिजलाई मोबाइल प्रोडक्शन स्टुडियोमा परिणत गर्दछ ।

हुवावे पी३० सिरिजका प्रमुख विशेषताहरू

– प्रोसेसर पी३० प्रोः ७ एनएम किरिन ९८०
– सबै सिरिजका लागि इएमयूआईः हुवावे स्मार्टफोनहरु र ह्वावे ल्यापटपहरुबीच सिमलेस फाइल सेयर गर्नका लागि ८.१ ले सपोर्ट गर्ने ।
– हुवावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पुर्याउँछ।
– ह्वावे पी ३० सिरिजमा डुअल सिम र डुअल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याधुनिक वायरलेस कम्युनिकेशनलाई सपोर्ट गर्दछ ।
– ६.४७ ईन्चको हुवावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेथिङ क्रिश्टल, एम्बर सनराइज, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगहरूमा उपलब्ध छ ।
– चाँडो र पहिचान सुरक्षित गर्न अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरयुक्त
– हुवावे पी ३० मा ह्वावे अगोस्टिक डिस्प्ले प्रविधि रहेको छ जसले साउन्ड इमिटिङ डिस्प्लेमार्फत् उच्च क्वालिटीको अडियो प्रदान गर्छ।

Advertisement

Advertisement

Advertisement