प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

Advertisement

काठमाडौँ। प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख पाँचदेखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं. ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकूदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो ।

कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ ९नेफा०का महासचिव शैलेन्द्र राउतले जानकारी दिए ।

प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्यूरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ । पुरुष खेलाडीतर्फको एक्यूरेसीमा ‘टिम एक्यूरेसी’ र ‘इन्डिभिजुअल एक्यूरेसी’ तथा क्रसकन्ट्रीतर्फ ‘टिम क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल क्रसकन्ट्री’ सञ्चालन हुने महासचिव राउतले जानकारी दिए । महिलातर्फ भने ‘इन्डिभिजुअल क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल एक्यूरेसी’मा प्रतिष्पर्धा हुनेछ ।

प्याराग्लाइडिङमा प्रदेश नं १ बाट नौ, प्रदेश ३ बाट ११, गण्डकी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट चार खेलाडी सहभागी हुनेछन् भने भने विभागीय टोली नेपाल आर्मीबाट १४ खेलाडी सहभागी छन् ।

यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ १० र महिला चार गरी १४ जनाको टिम तयार गरेको छ । त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा रहेका पुरुष दुई खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन । एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा उत्रनेछन् ।

त्यस्तै १८ औँ एशियाली खेलकूदमा रजत विजेतामध्ये युवा खेलाडी यूकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेशबाट खेल्ने छन् । १८ औं एशियाडमा सहभागी महिला खेलाडी सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजनले गण्डकी प्रदेशबाटै सहभागिता जनाउने छन । एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारी आठौँ राष्ट्रिय खेलकदूमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ खेल आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । गत भदौमा इन्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकूदमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको थियो ।

Advertisement

Advertisement

Advertisement