जेबिल्सले पायो १.२४ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकको अनुमति, इन्भेष्टमेन्ट बैंकमा विलय हुँदै

Advertisement

काठमाडौं । जेबिल्स फाइनान्सले लगानीकर्तालाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । फाइनान्सले सेयरधनीलाई १.२४ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा बोनस सेयर अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मा वितरण प्रक्रिया अघि बढ्नेछ ।

फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १.२४ प्रतिशत बोनसका साथमा कर तिर्न ५ लाख २८ हजार २९ रुपियाँ नगद लाभांश दिने निर्णय गरेको हो । फाइनान्सले हालै लिलामीमा सेयर बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपियाँ पुर्याएको छ। उक्त लिलामी सेयर भर्ने लगानीकर्ताले पनि प्रसवित लाभांश पाउनेछन् ।

यस्तै, जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । हाल लिलामीमा रहेको जेबिल्सको सेयर किन्ने लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी बन्नेछन् । नेप्सेमा भने जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।

Advertisement

Advertisement

Advertisement