मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित ११ जनाको मृत्यु

Advertisement

क्वालालम्पुर । मलेसियामा सडक दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ। स्थानीय समय अनुसार आइतबार राति भएको क्वलालम्पुर अन्तरार्ष्ट्रिय विमानस्थल नजिकै सडक दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको मलेसियन प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार राति ११ बजे भएको दुर्घटनामा ८ विदेशी कामदार, एक स्थानीय कामदार तथा चालकको घटनास्थलमा नै मृत्यु भएको हो । बसमा एमएएस कार्गोका ४३ कामदारहरु सवार थिए। उनीहरु सबै आफ्नो होस्टेलबाट काममा जाँदै थिए। उनीहरु मध्यरातको १२ बजेको सिफ्टमा काममा जाँदै थिए। दुर्घटना चालकको असावधानीका कारण भएको बताइएको छ। चालकले 'थ्री अक्लक' मोड लिनु पर्नेमा '१२ अक्लक; मोड लिँदा दुर्घटना भएको र नालीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन्। मृतकको पहिचानका लागि बुझिरहेको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागका निर्देशक रामसिंह थापाले जनाए। यस विषयमा क्वालालम्पुरस्थित नेपाली दूतावासले मृतक नेपालीका विषयमा बुझिरहेको छ। त्यस्तै दुर्घटनामा तीन नेपाली घाइते भएको बताइएको छ।

Advertisement

Advertisement

Advertisement