दक्षिणकालीका एक हजार २३ घर पुनः निर्माण

Advertisement

काठमाडौं । दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।

नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पुर्याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिए। नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो किस्ताबापत ५० हजार रुपियाँ, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत एक लाख रुपियाँ प्रदान गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख मोहन बस्नेतले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताए । “घरको क्षतिका आधारमा वडाबाट आएको सिफारिशका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उनले भने ।

यस्तै घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि टिम्बर कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको हो ।

Advertisement

Advertisement

Advertisement