सेयर बजारमा उत्साहजनक कारोबार, नेप्सेमा पनि सुधार जारी

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार पनि सुधार जारी रह्यो । आइतबार दोहोरो अंकले बढेको सेयर बजार परिसुचक आज भने एकल अंकले बढेर एक हजार १९१ पार गर्यो । कारोबार रकममा भने उत्साहजनक कारोबार भयो । आज ९० लाख ६९ हजार रुपियाँको कारोबार भयो ।

एनआईसी एसिया बैंक एक्लैको सात करोड ६३ लाख रुपियाँको कारोबार भयो जुन सुबैभन्दा धेरै हो । समूहगत कारोबारतर्फ होटल र अन्यबाहेक सबै समूहका उपसुचकहरु उकालो लागे । जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहका उपसुचकहरु दुई प्रतिशतभन्दा बढिले बढेका छन् ।

आज धेरै नाफा गर्नेमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा राधी विद्युत कम्पनीका लगानीकर्ता छन् । रकमका हिसावले राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर २६६ रुयियाँले घटेर अगाडि रहेको छ ।

Advertisement

Advertisement

Advertisement