माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’ सेवा सुरु

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘रेमिट्याप’ डिजिटल वालेट सेवा शुभारम्भ गरेको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ‘रेमिट्याप’सेवा शुभारम्भ गरेको हो ।

यो सेवा नेपालमा पहिलो ३६० डिग्री ई–रेट्यान्स र ई–भुक्तानी प्लेटफर्म भएको बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच भएको त्रि–पक्षीय सम्झौताअनुरुप बैंकले ‘रेमिट्याप’ मोबाइल वालेट सेवाको शुभारम्भ गरेको हो ।

यस एपमार्फत विदेशमा बसेका नेपालीहरुले छिटो, सहज र सरल तरिकाले नेपालमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । ‘रेमिट्याप’ वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी आदि जस्ता सेवाहरु ‘इन्किृप्टेड भर्चुअल मनी कार्ड’ मार्फत गर्न सकिने प्रविधि पनि रहेको बैंकले जनाएको छ ।

यस सेवामार्फत विदेशबाट पैसा पठाउने ग्राहकले आफ्नो परिवारजनको बैंक खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने र सो रकम नेपालको १० हजार ठाउँबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

यो एपमार्फत बिजुली, धारा, टेलिफोन, मोबाइल जस्ता उपयोगी सेवाको भुक्तानी तथा सामान किनमेल गर्दा सहज र सरलरुपमा भुक्तानी गर्न पनि सकिने छ । ‘रेमिट्याप’ सेवा आईओएस तथा एन्ड्रोएड दुवै अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ ।

माछापुच्छ्रे बैंकले हालसम्म देशभर ९९ वटा शाखाहरु, ७६ शाखारहित बैंकिङ सेवा र एक सय २१ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement