वंशजका आधारमा नागरिक दिन गृह मन्त्रालयले गरेको सर्कुलर सर्वोच्चले राकिदियो

Advertisement

काठमाडौं । वंशजको आधारमा नागरिकता दिन गह मन्त्रालयले मुलुकभरका जिल्ला प्रसासन कार्यालयलाई गरेको सर्कुलरको व्यापक विरोध भइरहेको बेला उक्त सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ ।

कानुनको मस्यौता पास नहुँदै गृहले गैरनेपालीलाई जथाभावी नागरिकता बाँड्न सर्कुलर जारी गरेको भन्दै विरोध भइरहेको बेला सर्वोच्चको आदेश आएको हो । वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो ।

कतिपय अधिकारवादीदेखि दलकै नेताहरुले समेत गृहको उक्त सर्कुलर रोक्न आग्रह गर्दै आएका थिए । गृहमन्त्री रामबहादुर थापाको एकल निर्णयअनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा नागरिकता दिन सकिने गृहको सर्कुलरमा रहेको थियो ।

उक्त रिटमा सुनुवाईपछि सर्वोच्च्का न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय र गृह मन्त्री रामबहादुर थापा बादलका नाममा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

Advertisement

Advertisement

Advertisement