सुनको मूल्य उकालो लाग्यो, तोलामा तीन सयको वृद्धि

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारबार प्रतितोला ६० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तिन सय रुपियाँले बढेर ६० हजार तिन सय रुपियाँमा कारोबार भएको हो । त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ७ सय रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार चार सय ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य दस रुपियाँले बढेर सात सय ४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ३४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement