नेपाल उद्योग परिसंघको अध्यक्षमा सतिषकुमार मोर

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतिषकुमार मोर चुनिएका छन् । परिसंघको सोमबार सम्पन्न १६औं बार्षिक साधारणसभामा उनी स्वतः अध्यक्ष चयन भएका हुन् ।

परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चयन हुने व्यवस्था छ । साधारणसभाले उपाध्यक्षहरुमा अनुज अग्रवाल, सुलव अग्रवाल, निर्वाण चौधरी, बिष्णु अग्रवाल, राजेश अग्रवाल, कृष्ण अधिकारी र विरेन्द्रराज पाण्डेलाई चुनेको हो ।

अर्को बर्ष गर्भरनिङ काउन्सिलले वरिष्ठ उपाध्यक्ष चयन गर्छ । यसअघि संघका अध्यक्ष रहेका हरिभक्त शर्माको कार्यकाल समाप्त भएपछि मोरले सो जिम्मेवारी पाएका हुन् । साथै, परिसंघले आफ्नो कार्यसमितिको तीन बर्षे कार्यकाल यसै साधारणसभाबाट घटाएर दुई बर्षे कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement