बुद्धले एयरले बनारसपछि अब कोलकता पनि उडान भर्ने

Advertisement

काठमाडौं।  बुद्धले एयरले अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स प्राप्त गरी काठमाडौँबाट भारत उडान गरिरहेको छ । विगत ६ वर्षदेखि भारतको बनारसमा उडान भर्दै आएको बुद्धले निकट भविष्यमा भारतकै कोलकातामा पनि उडान भर्दै छ । हाल बुद्धले हप्ताको दुई दिन सोमबार र शुक्रबार बनारसका लागि उडान गर्दै आएको छ ।

बुद्धले नयाँ वर्ष २०७६ वैशाखबाट कोलकता उडान सुचारु गर्ने भने पनि त्यही समयमा भारतमा लोकसभाको निर्वाचन हुने भएकाले केही पर सारेको छ । नयाँ वर्ष २०७६ जेठ १३ गतेबाट कोलकताका लागि हप्ताको तीन वटा उडान भर्ने बुद्ध  कम्पनीले बताएको छ।

बुद्धले भारतकै पटनामा पनि उडानका लागि प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ । छिटै नै पटनाका यात्रु पनि बुद्धको जहाजबाट ओहोर दोहोर गर्न सक्ने जोशीले बताए । बुद्ध एयरले आगामी तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य यसअघि नै सार्वजनिक गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा बुद्ध एयर छ । बुद्धले भारत र चीनका सहरमा उडान गर्ने योजना अगाडि सारेको हो ।

बुद्ध एयरले नेपालगञ्जबाट नयाँ दिल्ली उडान गर्ने योजनासमेत बनाएको छ । पहिलो पटक १९०० डी जहाजमार्फत उडान सुरु गरेको बुद्ध एयरले आन्तरिक उडानसँगै बाह्य उडानलाई पनि उत्तिकै प्राथमिकता दिएको छ ।

Advertisement

Advertisement

Advertisement