कुमारी बैंकका ग्राहकलाई स्पार्क हेल्थ होममा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरी र स्पार्क हेल्थ होमका प्रबन्धक निर्देशक हरी शरण रिजालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार स्पार्क हेल्थ होमका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरुले डेबिट/क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८८ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement