कामना सेवा विकास बैंकको ९.५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले  आफ्ना सेयरधनीलाई नौं दशमलव पाँच प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंङ्कको गत आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई एक दशमलव पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत  नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा  प्रस्ताव गरेको कामना सेवाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement