सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीलाई एनबिआईले तालिम दिने

Advertisement

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा विस्तार गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नेशनल बैंकिङ इन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रंजित मास्केले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे जानकारी गराइने छ । त्यपछि बैंकले सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाईल एपका बारे जानकारी गराई सेवाग्राही समक्ष वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्न प्रेरित गर्नेछ ।

बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement