कोरियाको पप ब्याण्ड ब्ल्याकपिंकले रच्यो युट्युब किर्तिमान

Advertisement

बीबीसी । दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ।

युट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको । आरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।

युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडिओ
१)ब्ल्याकपिङ्क - किल दिस लभ, पाँच करोड ६७ लाख
२) आरियाना ग्रान्डे- थ्याङ्कयु नेक्स्ट, पाँच करोड ५४ लाख
३) बीटीएस - आइडल अफिशल, चार करोड ५९ लाख
४) टेलर स्विफ्ट - लुक ह्वाट यू मेड मी डु, चार करोड ३२ लाख
५) एमिनेम - किलसट, तीन करोड ८१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्।ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ुडु डु डुु भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडिओ बनेको थियो।

https://www.youtube.com/watch?v=2S24-y0Ij3Y

Advertisement

Advertisement

Advertisement