बैंकहरुको सीएसआरले धेरैले आँखा देख्न पाएका छन्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुले सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत गर्ने स्वास्थ्य शिविरहरुले धेरैले आँखा देख्ने मौका पाएको भन्दै बैंकहरुको प्रसंशा गरेका छन् । नेपाल आँखा अस्पताल ४५औं बार्षिकोत्सवमा मंगलबार उनले बैंकहरुको सानो सहयोग भए पनि आँखासम्वन्धी विरामीका लागि यो ठूलो सहयोग भइरहेको बताए ।

खतिवडाले भने, ‘बैंकहरुको सानो सहयोगले धेरै जनाले आँखा सम्बन्धि उपचार पाएका छन् । समाजले अनुभुति गर्ने यस्ता किसिमका संस्थागत सामाजिक उत्तरदायित्वका काम गर्न व्यवसायिक संस्थाहरुलाई अझै धेरै गर्न म अग्रह पनि गर्छु ।’

सोही कार्यक्रममा अस्पतालले सीएसआरअन्तर्गत महत्वपुर्ण योगदान पुर्याएवापत प्रभु बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, सेन्चुरी कर्मशियल बैंकलगायतलाई सम्मान पनि गर्यो । मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई मुलुकभर लागू गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

स्वास्थ्य सेवा प्रवाहमा आम नागरिकको पहुँच पुगोस् भनेर स्वास्थ्य बीमालाई मुलुकव्यापी गर्न लागिएको बताउँदै उनले त्यसका लागि कार्यविधि तयार भइसकेको र बार्षिक २५ सय रुपियाँ भुक्तानी गरेर ५० हजारसम्मको निःशुल्क स्वास्थ्य सुविधा पाउन सकिने व्यवस्था गरिने बताए ।

यस्तै, खतिवडाले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको सरकारले नै प्रिमियम तिरेर स्वास्थ्य बीमा गरिदिने भन्दै उनीहरुलाई प्रदान गरिँदै आएको भत्ता प्रभावकारी पनि रहेको बताए । वृद्धभत्ताबाट ज्येष्ठ नागरिकहरुले आँखाको सामान्य उपचार गराउने देखि चस्मा किनेर लगाउन सकेको उदाहरण दिए ।

Advertisement

Advertisement

Advertisement