सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्टको समन्वयमा हावाहुरी पीडितलाई सहयोग

Advertisement

काठमाडौं । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाले पर्सा जिल्लाको शुखचिना गाउँका हावाहुरी प्रभावित ६५ परिवारलाई राहत वितरण गरेको छ ।

यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरका ६५ भन्दा बढी हावाहुरी पीडितलाई २५ किलो चामल, पाँच किलो दाल, एक किलो नुन, दुई लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा बितरण गरेको संस्थाले जनाएको छ ।

बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै हावाहुरी पीडित परिवारलाई २५ किलो चामल, पाँच किलो दाल, एक किलो नुन, दुई लिटर खाना पकाउने तेल बितरण गरिसकिएको संस्थाले जनाएको हो । उतm कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन गरिएको हो ।

टाटा ट्रस्ट विगत १०० वर्ष देखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पूराना, गैर साम्प्रदायिक परोपकारी संस्थाहरु मध्येको एक संस्था हो । यसको स्थापना काल देखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवा सम्बन्धि धारणालाई रुपान्तरीत गरी प्रत्यक्ष रुपमा समुदायमा सहयोग गर्दै आएको छ ।

सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै आएकोे छ ।

Advertisement

Advertisement

Advertisement