नेपाल बङ्गलादेश बैँकबाट टिच फर नेपाललाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाल काठमाडौँलाई १० लाख रुपियाँ हस्तानतरण गरेको छ ।

सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपालको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो रकम संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई दुई वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।

यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement