नेपाल बैंकको साधारण सभा वैशाख २२ मा हुने

Advertisement

काठमाडौं । नेपाल बैंकले वार्षिक साधारण सभा आगामी  वैशाख २२ गते हुने भएको छ । सभा नेपाल ए.पी.एफ. क्लब, हलचोक काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभामा बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल गरी अनुमोदन गर्ने एजेन्डा  पेश गर्नेछ  भने २०७५ असार मसान्तसम्मको लेखापरीक्षण विवरण पनि पेश गरिने बैंकले जनाएको छ । त्यस्तै साधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ९ गते बुक क्लोज हुनेछ । वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । तर नेपाल बैंकले यसपटक सेयरधनीलाई लाभांश भने दिनेछैन । यसर्थ, लगानीकर्ताको हात भने खाली हुनेछ ।

Advertisement

Advertisement

Advertisement