कुमारी बैंकको एकैपटक दुई आर्थिक वर्षको एजीएम बैशाख २६ गते

Advertisement

काठमाडौं । कुमारी बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ । बैंकले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०ः३० बजे आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को एजीएम एकैदिन गर्न लागेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १२. ७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ।

सभामा संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट २–२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ । वार्षिक प्रतिवेदन माथि छलफल गरिने प्रस्ताव पनि छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। यसअनुसार बैशाख ५ गते बिहीबारसम्म कायम रहने बैंकका शेयरधनीले बैंकको दुई आर्थिक वर्षको बोनस पाउनेछन् । एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूििपयाँ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपियाँ पुग्नेछ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।

 

Advertisement

Advertisement

Advertisement