सांग्रिला बैंकले दियो आगलागीपीडित विद्यार्थीलाई ५० हजारका दरले छात्रवृत्ति

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्।

यसबाट कालीकोट जिल्लाका खाँडा गाउँका आगलागीपीडित परिवारलाई केही राहत पुग्ने बैंकले जनाएको छ। बैंकले ८४ शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

Advertisement

Advertisement