महालक्ष्मी लाईफको झण्डा सगरमाथामा पुर्याईने, कल्पनालाई शुभकामनासहित विदाई

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई शुभकामना प्रदान गरेको छ । इन्स्योरेन्सले प्रधान कार्यालय प्रांगणमा एक समारोहको आयोजना गरी सफल आरोहणको लागी शुभकामना प्रदान गरेको हो ।

गत वर्ष मात्रनेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकि महिला पर्वतारोही कल्पना महर्जनलाईआरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रा। लि। संग एक लाख रुपियाँ प्रदान गर्ने गरी सम्झौता समेत भएको इन्स्योरेन्सले जनाएको छ ।

शिक्षा मार्फत बाल विवाहको अन्तू को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्योरेन्सले सहयोग गरेको ईन्स्योरेन्स्ले जनाएको छ ।

सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा फहराउने छिन्। सो कार्यको लागिमहालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement