यूएम बाइकले ल्यायो नयाँ वर्षको विशेष अफर, एक लाखसम्म नगद उपहार

Advertisement

काठमाडौं । यूएमबाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी ‘नयाँ वर्षको बहार’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा पाँच हजारदेखि एक लाख रुपियाँसम्म जित्न सकिनेछ।

सोअफर चैत २५ देखि लागू भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ। डर्टर क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोक प्रिय छन् । नेपाली बजारमा यूएमका डीएसआर२००, डीएसआर२३०, हाइपरस्पोर्ट२५०र रेनेगेड सिरिजका बाइक उपलब्ध छन्।

नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएकोआईएमई अटोमोटिभ्सले जानकारी दिएको छ। विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ।

अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो।

ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यकासाथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ। यूएमका बाइक राम्रो पिकअप, माइलेजर पर्फमेन्सको लागि पनि लोकप्रिय छन्। कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरुपनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ।

नेपालमा उपलब्ध यूएमका बाइकमध्ये डीएसआर२०० को मूल्य ४ लाख, डीएसआर२३०को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेडस्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार ररेनेगे डस्पोर्टएस ३०० को मूल्य ६ लाख २२ हजार रुपियाँ छ।

Advertisement

Advertisement

Advertisement