कामना सेवाले अजोड इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । कामना सेवा बिकास बैंकले अजोड इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । कामना सेवा र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी एक समारोहमा हस्ताक्षर भएको हो ।

सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement