सिटिजन्स बैंकको बालविकास समाजलाई एक लाख ५० हजार रुपियाँको सहयोग

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले बालबालिकाको चौतर्फी विकास गर्ने उदेश्यले स्थापित बालविकास समाजलाई उक्त रकमको सहयोग उपलब्ध गराएको हो।

सहयोग गरेको रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जानकारी दिएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि विभिन्न कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकको आगामी बैशाख ७ गते हुने १२ औं वार्षिक उत्सबको अवसरमा आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

हालसम्म बैंले मुलुकभर ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement