मुलुकभरका ७३ लाख विद्यार्थीलाई लक्षित गरी आइजीआईले ल्यायो आकर्षक स्वास्थ्य बीमा योजना

Advertisement

काठमाडौं । आइएमई जनरल इन्योरेन्स (आइजीआई)ले नेपालमै पहिलो पटक विद्यार्थीहरुलाई लक्षित गरी आकर्षक र फरक खालको स्वास्थ्य बीमा योजना प्रस्तुत गरेको छ । कम्पनीले विद्यार्थीका लागि नयाँ बीमालेख (स्टुडेन्ट पोलिसी) सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत हरेक विद्यार्थीले भ्याटसहित जम्मा बार्षिक ८६० रुपियाँमा बीमा गर्दा विद्यार्थीको मात्रै नभएर अभिभावकको समेत बीमा हुनेछ । कम्पनीले बुधवार पत्रकार सम्मेलन गरी यो फरक खालको प्रोडक्ट सार्वजनिक गरेको हो । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने मुलुकभरका ७३ लाख विद्यार्थीहरुलाई लक्षित गरी प्रस्तुत गरिएको यो प्रोडक्ट सार्वजनिक गर्ने क्रमममा निजी विद्यालयका संगठनहरु प्याब्सन र एनप्याब्शन तथा अभिभावक संघका पदाधिकारीसमेत सहभागी थिए ।

महिनामा करसहित ८१ रुपियाँमा बीमा गर्न सकिने यस योजनामा विद्यार्थी गम्भीर दुर्घटनामा परी घाइते भएमा तीन लाख रुपियाँसम्म, मृत्यु भएमा एक लाख रुपियाँसम्म तथा अभिभावकको मृत्यु भएमा पाँच लाख रुपियाँसम्मको क्षतिपूर्ति हुनेछ । विद्यार्थीले अभिभावक गुमाएको अवस्थामा त्यस्ता विदार्थीलाई बढी आर्थिक सुरक्षा प्रदान गर्न अभिभावकको पाँच लाख रुपियाँसम्म भुक्तानीको व्यवस्था गरिएको आइजीआईको भनाई छ ।

विद्यार्थीको अंगभंग भएमा वा शारीरिकरुपमा पूर्ण अशक्तता भएमा बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन सय प्रतिशत अर्थात तीस लाख तथा अभिभावकको हकमा बीमांक रकमकोृ ५० प्रतिशत अर्थात दुई लाख ५० हजार भुक्तानी गरिने छ ।

त्यस्तै दुर्घटनाका कारण औषधोपचार गर्नुपरेमा बीमित विद्यार्थीलाई २५ हजार रुपियाँसम्मको उपचार खर्च कम्पनीले बेहोर्ने र अस्पतालमा भर्ना हुनुपरेको अवस्थामा पनि ५० हजार रुपियाँ कम्पनीले सोझै भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले नेपालका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत ७३ लाख भन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै स्टुडेन्ट पोलिसी ल्याएको बताए ।
उनले सम्बन्धित अभिभावकहरु तथा विद्यालयले विद्यार्थीको दुर्घटनाबाट ठूलो आर्थिक भार बोक्नुपरेको बताउँदै कम्पनीले ल्याएको यो बीमा पोलिसीबााट अभिभावक तथा विद्यालयको आर्थिक बोझ कम हुने बताए ।

Advertisement

Advertisement

Advertisement