राजेन्द्र लिङदेनलाई धम्क्याएर मोटो रकम माग गर्नेहरुलाई विद्युतीय कारोबार कसुरमा सजाय हुने

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र विद्युतीय माध्यमबाट धम्क्याउँदै मोटो रकम माग गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हुम्ला सर्केगाढ–७ का १९ बर्षीय प्रदिप रोकाया र झापा कचनकवल–३ पथरियाका २९ बर्षीय तिलकदास पराजुली रहेका छन् । उनीहरुले लिङ्देनलगायतलाई ह्वाट्सएप टेक्स्ट म्यासेज, टेक्स्ट म्यासेज र फोन सम्पर्क गरी रकम माग गरेको र रकम नदिए गोप्य भिडियो बनाई सार्वजनिक गरेर बेइज्जत गरिलिदिने तथा ज्यानसमेत मारिदिने भनी धम्की दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

रोकाया र पराजुलीलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरको सुचनाका आधारमा अनुसन्धान गर्दा दोषी देखिएकाले पक्राउ गरिएको ब्यूरोले जनाएको छ । धम्की दिनेहरुले स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गरेको, वारदातमा प्रयोग गरेको मोवाइल नम्बर सिम रोकायले यही चैत २ गते डीजे इन्टरनेशनल सामाखुशीबाट लिएको देखिएको, आफूले प्राप्त गरेको सिम निजले आर्थिक प्रलोभनमा परी पराजुलीलाई दिएको, आफ्नो परिचय लुकाएर पराजुलीले आर्थिक लाभ लिने उद्देश्यले जाहेरवालालगायतका व्यक्तिहरुलाई सुरुमा भारतीय मोवाइल नम्बर नम्बर देखाउने ह्वाट्सएप एकाउन्टबाट पटक पटक टेक्स्ट गरेको र पछि ज्यान मार्ने कार्यका लागि आफू भारतबाट नेपाल आएको भनी रोकायको नामको सिमबाट फोनबाट धम्क्याउने गरेको प्रहरीको भनाई छ । पक्राउ परेका पराजुलीबाट भारतीय सिम कार्ड र उनकै नामको भारतीय आधार कार्डसमेत बरामत भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement